काठमाडौँ : नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष आज पूरा भएको छ । यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुई देशबीचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राजदूत चाङले जारी गर्नुभएको शुभकामना सन्देशमा चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत ७१ वर्षदेखि दुवै मुलुकबीच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ ।

सन्देशमा उहाँले नेपालसँगको परम्परागत मित्रतालाई निरन्तर अघि बढाउँदै विकास र समृद्धिका लागि चिरस्थायी मित्रतामा आधारित रणनीतिक साझेदारीलाई थप उचाइमा पु¥याउन तथा त्यसबाट दुवै देशका जनतालाई अझ बढी लाभ पु¥याउन नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ ।

सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुवै मुलुकबीच राजनीतिक, आर्थिक, पूर्वाधार, व्यापार, शिक्षा, संस्कृति तथा जनस्तरीय सम्बन्धलगायत विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस् !