काठमाडौँ । “बालेनले झापाबाट जिते ३० हजारको खसी ल्याउँछु” भन्दै भाकल गरेका रामकृष्ण नेपालले आफ्नो प्रतिबद्धता फरक तरिकाले पूरा गरेका छन्।
बालेन शाह झापाबाट विजयी भएपछि उनले खसी काटमार गर्नुको सट्टा खसीको मूल्य बराबर ३० हजार रुपैयाँ दृष्टिविहीन बालबालिका शैक्षिक केन्द्रलाई सहयोग गरेका हुन्।
नेपालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै खुशीको अवसरमा पशु बलि दिनु भन्दा सामाजिक कार्यमा सहयोग गर्नु उपयुक्त ठानेर रकम सहयोग गरेको बताएका छन्। उनको यस कार्यलाई धेरैले सकारात्मक रूपमा लिँदै प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा पनि यो कदमलाई मानवीय र प्रेरणादायी उदाहरणका रूपमा चर्चा गरिएको छ।






