काठमाडौ । गोरखा सांस्कृतिक समाजको १०औं साधारसभा तथा ५ औं अधिवेशन भव्य रुपमा काठमाडौंमा सम्पन्न भएको छ ! वरिष्ठ संगीतकार आलोकश्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानितहरुमा गोरखा सांस्कृतिक समाज पत्रकारिता सम्मानबाट खिलबहादुर भण्डारी, मेलवादेवी संगीत सम्मानबाट वरिष्ठ संगीतकार सुनिल मास्के, शान्ति मास्के कला सम्मानबाट निर्देशक प्रकाश भट्ट, गोरखा सांस्कृतिक स्रष्टा सम्मान काजीबाबु अर्याल, वाद्ययवादक सम्मान धनबहादुर गुरुङ र पत्रकारिता सम्मानबाट बिमल भट्ट, तमु कलाकार संघका अध्यक्ष सागर गुरुङ लगाएतका थिए ।

साथै समाजको पाँचौं अधिवेशनबाट गायिका चिजा तामाङको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसमा अध्यक्षः चिजा तामाङ , वरिष्ठ उपाध्यक्षः हरिराम परियार, प्रथम उपाध्यक्षः मिरा गोर्खाली द्वितीय उपाध्यक्षः सुमन परियार महिला उपाध्यक्षः बेलीमाया पुलामी उपाध्यक्षः दिप गुरुङ, उपाध्यक्षः रायन बस्याल महासचिवः टेक बहादुर गुरुङ उपमहासचिवः सचिन भट्टराईसचिवः सबिता पोखरेलमहिला सचिवः रेश्मा तामाङ कोषाध्यक्षः मधु रसाइली, सहकोषाध्यक्षः सरिता भारती, सदस्यहरुः रेजिना परियार, देवी आले , भीमा गुरुङ, खेम तिवारी, बसन्त श्रेष्ठ, कला गुरुङ, चिज कुमार गुरुङ, सुस्मिता गुरुङ, गोविन्द भट्ट, कृष्ण लामिछाने छन् ।

प्रतिक्रिया दिनुहोस् !