काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बिहिबार बसेको गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । बैठकले चन्द्र कुवेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।
भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा.केसी प्रहरीमा काविल अफिसर भनेर चिनिन्छन् । शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दाको अभियोजन हुँदा दानबहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।






