—विरोध अधिकारी

वर्तमान गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन अब थोरै दिन मात्र बाँकी छ । उनी बिदामा बसिसकेका छन् भने नेपाल सरकारले अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय गभर्नर छनोट समिति पनि बनाइसकेको छ । यो समितिले अब बर्तमान डेपुटी मध्य एक जना र अन्य दुई गरि तीन जना संभावित गर्भनरको छनोट गरि मन्त्रीपरिषदमा पेश गर्नेछ, । त्यस मध्ये मन्त्रीपरिषदले गर्भनर नियुक्ति गर्नेछ । देशको अर्थब्यवस्था संचालनमा केन्द«ीय बैंकको भुमिका महत्वपूर्ण रहन्छ त्यसमा पनि नेपाल जस्तो अल्पविकसित कमजोर अर्थतन्त्र भएको देशमा केन्द«ीय बैंकले नै सम्पुर्ण अर्थतन्त्र हाँकीरहेको गरिरहेको हुन्छ ।

महाप्रसाद अधिकारीको कार्यकाल खासै राम्रो हुन सकेन । बिचमा अर्थमन्त्री जनार्दन शर्मा संगको टसलले उनलाई बर्खास्त समेत ग¥यो । केही न केही उनमा राजनैतिक रंगं देखियो । त्यसमा पनि नेकपा एमालेको अर्थ विभागको सदस्य एम अधिकारीको कारण पनि उनलाई केहि अफ्ठ्यारो बनायो । उनको कार्यकालमा अर्थतन्त्रले पनि कोभिड लकडाउन र त्यसपछिको लामो आर्थिक मन्दी जस्ता अफ्ठ्यारो अवस्थाको सामना गर्न प¥यो । केन्द«ीय बैंकले ल्याएका नीतिहरुमा स्थिरता देखिएन । क्षण क्षणमा नीतिहरु परिवर्तन हुदा वित्तीय बजार चलायमान हुन सकेन । तथापी उनैलाई नियुक्ति गरेको प्रधानमन्त्री र अर्थमन्त्री हुँदा उनको बहिर्गमन सामान्य नै हुदैछ ।

आज पनि अर्थतन्त्र चरम मन्दीमा छ । अर्थतन्त्रका सुचकहरुले विरोधाभाष चरित्र देखाइरहेको छ । एकातर्फ बजारमा मन्दी छाएको छ अर्को तिर बैंकहरु अधिक कर्जायोग्य कोष राखेर बसिरहेका छन् । कर्जाको ब्याजदर दशककै न्यून विन्दुमा झरेको छ तर कर्जाको माग सुन्य बराबर छ । कर्जा जान सकेको छैन साथै साना देखि कर्पोरेट कर्जामा असुलिमा समस्या देखिन थालेको छ । अधिकांस बैंकहरुको खराब कर्जा अनुपान केन्द«ीय बैंकले तोकेको पाँच प्रतिशत भन्दा माथि पुगेको छ । बैंकहरुको प्रतिफल दिन प्रतिदिन ओरालो लागेको छ भने यसले नेप्सेलाई समेत तल तानेको छ । बैदेशिक मुद्राको संचितिले ऐतिहासिक रेकर्ड कायम गरेको छ । १८ महिना भन्दा बढीको आयात धान्ने अवस्थामा पुगेको छ यो भनेको स्वस्थ अर्थतन्त्रलाई राम्रो होइन । यो अवस्था भनेको पुँजी उत्पादनमा नलागि आईडियल भएर बसेको अवस्था हो । यस्तो अथतन्त्रका नकारात्मक अवस्था रहँदा नेपाल राष्ट्र बैंकको नयाँ नेतृत्वको खोजि हुँदै छ ।

संसदीय अभ्यासमा दुई ठूला दल मिलेर सरकार बनाउने घटना बिरलै हुन्छन् । नेपालमा हाल यहि विरलै हुने सरकार छ । तथापि सरकारले जनतालाई विकास संवृद्धि र सुशासनको आश देखाउन सकेको छैन । आफ्नो मुल कार्य बिर्सिएर एक सामान्य कर्मचारीलाई बर्खास्ती देखि विपक्षीलाई गाली गर्न लागिरहेको छ । १६ वर्ष अगाडि अन्त्य भएको राजतन्त्रको पक्षमा सडक देखि सदन सम्म नाराहरु सुनिन थालेको छ ।

गणतन्त्र स्थापना पछिका सरकारले जनताको अवस्थामा खासै परिवर्तन गर्न नसकेकोले जनता यो ब्यवस्थाकै बिपक्षमा लाग्ने संभाबना पनि देखिएका छन् । यो समय भनेको सरकारको हरेक निर्णय जनताको पक्षमा हुुनु पर्ने छ । अन्यथा जनतामा रहेको असन्तोषको आगो झनै दन्कीएर जाने छ । यसअघि नियुक्तिहरुमा राजनैतिक देखि आर्थिक चलखेल देखिएका छन् । नेप्से, धितोपत्र बोर्ड, विमा प्राधिकरण जस्ता राज्यका महत्वपूर्ण अंगहरुका नियुक्तिहरु विवादरहित हुन सकेको छैन । अब देशको सबैभन्दा शक्तिशाली, वित्तीय प्रणाली हाँक्ने र सरकारको वित्तीय सल्लाहाकारसमेत रहने केन्द्रीय बैंकको गर्भनर नियुक्तिको पालो आएको छ ।

गभर्नरमा पनि राजनैतिक भागबण्डा हुन्छ । यसमा कुनै आश्चर्य मान्नु पर्ने अवस्था छैन । तथापि राजनैतिक भागबण्डा हुँदा पनि सरकारले अर्थतन्त्र बुझेको, आजको नीति निर्देशनले पार्ने दुरगामी असरको बारेमा ज्ञान राख्ने गर्भनर नियुक्ति गर्न आवश्यक छ । देशको अर्थतन्त्र भन्दा पनि आफ्नो निकट राजनैतिक दललाई फाईदा हुने निर्णय गर्ने गर्भनर आएमा देशको बिग्रेको अर्थतन्त्रलाई झनै धारासायी बनाउने छ । राजनैतिक नियुक्ति भएपनि हिजोका युवराज खतिवडा र चिरन्जिबि नेपालले बिना राजनैतिक आग्रह पुुर्वाग्रह, राजनैतिक प्रभाव बिना राष्ट्र बैक हाँकेका थिए । तसर्थ अबको नयाँ गर्भनर समेत उनै खतिवडा र नेपाल जस्तै अर्थतन्त्रको अवस्था बुझ्ने, राजनैतिक प्रभावमा नपर्ने, निर्णयक्षमता भएकालाई नियुक्त होस् ।

प्रतिक्रिया दिनुहोस् !