काठमाडौं : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर आज इन्द्रजात्रा पर्व  मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिनलाई इन्द्रजात्राका रुपमा मनाउने परम्परा छ । इन्द्रजात्रा, काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका जिल्लामा मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस् !