भैरहवा : जिल्लास्थित सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी सङ्घ रुपन्देहीले जनाएको छ ।
सहकारीले जिल्लामा सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको देखिन्छ । यसबाहेक कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैँसी फार्म, माछाफार्म, तरकारी खेती, किराना पसलमा सहकारीले लगानी गरेको सहकारीको वार्षिक लेखा परीक्षणले देखाएको आन्तरिक राजस्व कार्यालय रुपन्देहीले जनाएको छ ।
साथै उनीहरुले साना तथा मझौला उद्योगमा समेत लगानी गरेका छन् । विशेषगरी युवावर्गलाई लक्षित गरी गरिएका लगानीले उत्पादनमूलक क्षेत्रमा राम्रो प्रभाव पारेको अर्थविद् बताउँछन् । जिल्लामा करिब रु १५ अर्बभन्दा धेरै लगानी सहकारीले गरेको देखिन्छ । लगानीको धेरै रकम युवावर्ग र कृषि तथा कृषिजन्य वस्तु उत्पादन क्षेत्रमा भएको सहकारीको आँकडाले देखाउँछ । सहरमा भन्दा ग्रामीण क्षेत्रका मानिसको जीवनस्तर माथि उकास्नका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको रोहिणी गाउँपालिका वडा नं ५ का कुखुरा फार्म सञ्चालक जयप्रकाश यादवले जानकारी दिनुभयो ।
जनउत्थान बचत तथा ऋृण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानु पौडेलले सहकारीले घरघरमा पुगेर सचेतनामुलक कार्यक्रम, अन्तरक्रिया गर्दै युवा स्वरोजगार, कृषिमा गुणस्तरीयता र साना उद्योगहरु लगायतमा सहज रुपमा लगानी गरेको बताउनुभयो । उहाँले बस्ती बस्तीमा सहकारीको पहुँच पुगिसकेको जनाउँदै सहकारीमा बचत तथा ऋणको सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
सहकारी अन्दोलनले धेरै रोजगारी तथा उत्पादन क्षेत्रमा केही हदसम्म सहयोग पु¥याएको आफन्त बचत तथा ऋण सहकारी संस्था धकधई सेवा केन्द्रका व्यवस्थापक प्रदीप भट्टराईले जानकारी दिनुभयो । नेपालमा सजिलो तरिकाले ऋृण प्रवाह र बचत गरिदिने संस्थासमेत सहकारी रहेकाले मानिसहरूको बढ्दो विश्वास रहेको उहाँको भनाइ छ ।
सहकारीहरूले बचत तथा ऋण मात्र नभएर व्यवसायीमूलक क्षेत्रमा समेत काम गरिरहेको त्रिदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो “दुग्ध सहकारी, कृषि सहकारी, सञ्चार सहकारी र उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेका सहकारीले अर्थतन्त्रलाई माथि उकास्न टेवा दिइरहेको छन् ।” लुम्बिनी प्रदेश सहकारी सङ्घका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारी अहि






