कामाडौं । डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले आजदेखि नौ वर्ष पूरा गरेको छ । पत्रकारिताको इतिहासमा रातोपाटीको आफ्नै मानक र शैली छ । नौ वर्ष पुगेको सन्दर्भमा संस्थाकी अध्यक्ष विजया शर्माले प्रकाशकीयमा भन्नुभएको छ : ‘यसबीचमा अनेक आरोह र अवरोहसँग साक्षात्कार गर्ने मौका पायौँ । यात्राको थालनी गर्दा हामीसँग केवल अठोट र आँट थियो, आज हामीसँग अनुभव पनि थपिएको छ । त्योभन्दा पनि ठूलो कुरा, हामीले दिनहुँ लाखौँ लाख पाठक र दर्शकको अपार माया पाएका छौँ, शुभचिन्तकहरूको साथ र सहयोग पाएका छौँ ।’

दैनिक घटनाक्रम, राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वका तत्कालीन समाचार, विचार विश्लेषण गर्दै जनता र राष्ट्रलाई केन्द्रमा राखेर समाचारलाई प्राथमिकता दिदै आएको रातो पाटी अनलाइन नेपालकै उत्कृष्ट अनलाइनमा पर्दछ । यसको लाखौ पाठकहरु संसारभर छन् । समाचार दैनिक अभिलेखको विषय मात्र नभएर समाजलाई सकारात्मक दिशा निर्देशन गर्ने काम पनि हो भन्नेमा रातोपाटीले विश्वास लिएको जनाएको छ ।

राष्ट्रिय हित प्रतिकूलका गतिविधि र निर्णयमाथि लगातार निगरानी र खबरदारी गर्दै आएको रातोपाटीले जाति, भाषा, धर्म र संस्कृतिका आधारमा गरिने सबै प्रकारका भेदभाव अन्त्य हुनुपर्छ भन्ने मान्यता पनि राखेको छ । पत्रकारिताका आधारभूत मूल्य, मान्यता र नागरिकप्रतिको आफ्नो दायित्व संझने रातो पाटीले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सधै लाग्ने पनि आफ्नो प्रकाशकीयमा जनाएको छ । रातोपाटी अनलाइन दश वर्ष पुगेको उपलक्ष्यमा समावेशी अनलाइन हार्दिक बधाई ज्ञापन गर्दछ ।

प्रतिक्रिया दिनुहोस् !