काठमाडौँ : संसदमा विचाराधीन एमसीसी प्रस्ताव टेबल गर्नका लागि सहमति जुटाउने प्रयास स्वरुप सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् ।

एमसीसीका बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा फरक फरक धारणा रहेको छ । काँग्रेस जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र संशोधन बिना एमसीसी टेबल हुन नसक्ने पक्षमा रहेको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टी टेबल गर्न दिने तर पारित गर्न नसघाउने पक्षमा हुँदा जसपामा पनि दुई धार रहेको छ। गठबन्धनमा सहमती हुन सके आजै संसद बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीको योजना छ ।

प्रतिक्रिया दिनुहोस् !