काठमाडौँ : काठमाडौँ उपत्यकामामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हटाउने निर्णय गरिएको छ । सीसीएमसीसीको सिफारिस अनुसार सोमबारबाट जोरबिजार हट्छ, १ फागुनबाट विद्यालय खुल्छन्,’ बैठकपछि एक प्रमुख जिल्ला अधिकारीले भने ।

उपत्यकामा जारी जोरबिजोर प्रणाली १४ माघकाे रातिबाट केही खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा जोरबिजोर कायमै थियो, यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले काठमाडौं उपत्यकामा निजी सवारी र ट्याक्सीमा रहेको जोर बिजोर प्रणाली सोमबारदेखि हटाउन जिल्ला प्रशासन कार्यालयहरूलाई सिफारिस गरेको थियो । आइतबार बसेको सिसिएमसी बैठकले जोरबिजोर हटाउन सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

यस्तै आगामी १ फागुनदेखि विद्यालय, सिनेमा घर र रात्रिकालीन व्यवसाय सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस् !