अनुज न्यौपाने
राप्ती,२२ असोज । राप्ती नगरपालिका सामराङका पन्ध्र वर्षिय मंगराम प्रजा दैनिक तिन घण्टा पैदल हिँडेर विद्यालय जाने गर्छन् । राप्ती नगरपालिका– १२ यौरालीटारको श्री गणेश माध्यमिक विद्यालयमा अध्ययन गर्ने प्रजा अध्ययनका लागि नजिक विद्यालय नहुँदा दैनिक तिन घण्टा पैदल हिँडेर विद्यालय ओहोरदोहोर गर्न बाध्य भएका हुन् । उनलाई स्कूल पुर्याउन न अभिभावक जान्छन, न त साथीहरु नै हुन्छन् । विद्यालय भन्दा तिन घण्टा टाढा प्रजाका परिवार किसानी हु्न् ।

“बिहान उज्यालो हुने बित्तिकै भात खाएर स्कुल हिँड्नुपर्छ, स्कूल पुग्दा नपुग्दै भोक लाग्छ ।, भोको पेटमा पढ्न नसक्ने भएपछि चाउचाउ किनेर खाने गरेको डिटारका सुवास तमाङले बताए ।” दैनिक घरबाट १० देखि २० रुपैया लिगेर स्कुल जाने तमाङले त्यति पैसा बाटोमै सिध्दिने र स्कुलले समेत खाजा नदिएकोमा दुखेसो पोखे । उनीहरु दिनभर भोकै पेटले पढ्छन्। भोको पेटको छटपटाई र पढाईको तारतम्य उनको जिवनमा कहीले जुर्ला , कलिलो उनको मनले प्रश्न गरिरहेको छ ।

बाटो उकालो हुँदा थकाई मार्दै मार्दै विद्यालय आइपुग्ने तमाङ जस्ता कयौँ विद्यार्थीहरु बेलुका ६ बजे मात्र आफनो घर पुग्छन । चेपाङ समुदायको बसोबास बढी रहेको यौरालीटारको गणेश माध्यमिक विद्यालयमा विद्यार्थीहरु सोमबार निकै खुशी देखिन्थे । सामुदायिक सहयोग केन्द्रले सोमबार सो विद्यालयमा अध्ययनरत २५० विद्यार्थीहरुलाइ झोला वितरण गरेको थियो । झोला पाँउदा निकै खुशि लागेको सो विद्ययालयका विद्यार्थी पासाङ तमाङले बताए । विद्यार्थीलाई पाठ्यपुस्तक बोकेर विद्यालय जान सकुन भनेरे सामुदायिक सहयोग केन्द्रले झोला प्रदान गरेको हो । विद्यार्थीले पाठ्यपुस्तक हातमा बोक्दा च्यातिने डर भएकाले झोला वितरण गरिएको सामुदायिक सहयोग केन्द्रका व्यवस्थापक दिपेन्द्र खरेलले जानकारी दिए । झोला वितरण कार्यक्रममा राप्ती नगर उपप्रमुख इमान सिह लामा,वडा अध्यक्ष अर्जुन चेपाङ, नगरकार्यपालिका सदस्य पहलमान चेपाङ, सामुदायिक सहयोग केन्द्रका प्रतिनिधि,समाजसेवि राजकुमार भटट् लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !