काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकड, निगरानी र धम्की दिने कार्य भएको भन्दै विभिन्न पत्रकार संगठनहरूले कडा आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठविरुद्ध भइरहेको योजनाबद्ध घेराबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विभिन्न संगठनहरूले सत्ताधारी दल र मन्त्रीहरूबारे आलोचनात्मक समाचार लेखेकै कारण पत्रकार श्रेष्ठलाई निगरानी र धम्की दिने कार्य भएको भन्दै पत्रकारलाई दिइने मानसिक यातना, धाकधम्की र अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !