काठमाडौँ । : सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भन्दै उनीहरूले विरोध जनाएका हुन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी, रमेश विष्ट, पूर्व महासचिव रोशन पुरी, लेखनाथ न्यौपाने, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, प्रेस युनियनका महासचिव दिलिप पौडेलको नेृेतृत्वमा सयौं पत्रकार, नागरिकहरुको उपस्थिति थियो ।

उनीहरूले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने बहानामा यसलाई बन्द गर्न खोजिएको भन्दै तत्काल यो निर्णय फिर्ता लिन माग गरे। विरोधमा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस् !