काभ्रे : हिजो आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग करिब १२ घण्टापछि पुनः संचालनमा आएको छ। अवरुद्ध राजमार्ग आज दिउँसो साढे १ बजे पुनः संचालन भएको हो। गत असोज १०, ११ र १२ गते आएको बाढीले बगाएपछि बनाइएको डाइभर्सन हिजो रोशी खोलामा आएको बाढीले बगाएको थियो। तीन ठाउँमा बगाएको सडक बनाएपछी यातायात संचालन भएको हो।

अवरुद्ध राजमार्ग संचालन भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए। वीपी राजर्मागको तीन ठाउँमा डाइभर्सन बगाएकोमा सडक विभाग, नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधिहरु र स्थानीयको पहलमा सडक संचालन भएको लामाले बताए।

प्रतिक्रिया दिनुहोस् !