काठमाडौँ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पदाधिकारी चयनकाे गृहकार्यमा लागेपछि हिजोको बैठक स्थगित गरिएको थियो ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस् !