कुरिनटार । बर्षासंगै खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । अविरल बर्षासगैँ चितवनको इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा विहान ४ बजे पहिरो झरेका कारण रातिदेखि अवरुद्ध सडक पहिरो हटाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

यस्तै पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना ४ स्थित नाग्दिखोलामा राती करिब ११ः१५ बजे पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् !