कैलाली । धनगढी उपमहानगरपालीका १३ राजपुर चोकबाट मोटरसाइकल चोरी भएको छ । मदनराज रेग्मीको सवार से ७ प ५०२० नम्बरको निलो कलरको मोटरसाइकल चोरी भएको हो । घरको गेट भित्र राखेको सो मोटर साईकल आइतबार राती चोरी भएको चालक रेग्मीले जानकारी दिए । उनले घरको अगाडि नै ट्राफिक बिट हुदा पनि मोटरसाइकल चोरी हुनुले पनि सुरक्षा चुनौती थपेको बताए ।
कहिल्यै पनि चोरी घटना भएको थिएन, रेग्मीको घरमा रंग लगाउने कामदार र नजिकै ग्यारेज मालिक संग पनि सोधपुछ भईरहेको राजपुर ट्राफिक प्रहरी बिटका असई नैनबहादुर साउदले बताए । खोजतालस जारी रखेको उनले बताए ।






