काठमाडौ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले नेपालगञ्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसि टिभी क्यामेरा लागि सहयोग गरेको छ ।

बैंकले श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति संगको सहकार्यमा मन्दिरमा ८ थान
सि.सि.टिभी क्यामेराहरु बीच जडान शुरु गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग, मार्केटिंङ प्रमुख श्री बसन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्धक परवीन के.सी. र कर्मचारीहरुको उपस्थिति थियो । साथै श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट समेत उपस्थिति रहेको बैकले जनाएको छ ।

यस्तो सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने पनि विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ब्त्ः ऋबचम प्रयोग गरी नेपालभरी रहेको ख्क्ष्क्ब् ल्भतधयचप मा आवद्ध अन्य जुनसुकै बैंकको ब्त्ः ःबअजष्लभ बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यस्तै मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था समेत गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !