काठमाडौँ : पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । अनुसार पछिल्लो २४ घण्टामा १३८६ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् ।

यसअघि शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २५२६ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बिहीबार ३ हजार १७५ जना, बुधबार ३ हजार ६३७, मंगलबार ५ हजार ५८३, सोमबार ५ हजार २९२ र आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !